गृहपृष्ठ बस दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

बस दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

accident-newskarobar

दाङ-  जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा शुक्रबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिएकाे जानकारीअनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनपुरका पाँच वर्षीय बालक मुरली मोहमद रहेका छन् ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्यको लमही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी तीव्रगतिमा रहेको र चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

-रासस

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु