गृहपृष्ठ उद्धारमा खटिए ७०० सैनिक
उद्धारमा खटिए ७०० सैनिक
a+unfb]zaf6 sf7df8f} cfPsf] o'o; a+ufn ljdfg ;f]daf/ !$ @) ah] lqe'jg cGt/f{li6«o ljdfg:yndf cat/0fsf s|ddf b'3{6gfdf k/L cfunfuL ePkl5 p4f/sf] k|of; x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको छ ।
बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २ः२० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ श्री सैनिक हवाई महानिर्देशनालय, श्री नं १४ वाहिनी अड्डा, श्री कालीप्रसाद गण (ई), श्री इओडी होल्डिङ युनिट तथा उपत्यका पृतना हेक्वा मातहतबाट सैनिक उद्धारमा खटाएको सैनिक जनसम्पर्क एवं सूचना निर्देशनालयले जनाएको छ ।
रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत अन्य उच्च पदाधिकारी दुर्घटना स्थलमा पुगी उद्धार कार्यको निरीक्षण गर्नुका साथै उद्धार कार्यमा संलग्न सम्पूर्ण व्यक्तिलाई हरसम्भव उपायको अवलम्बन गरी उद्धार गर्न निर्देशनसमेत दिनुभएको थियो ।
विमान दुर्घटनामा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आफन्तजन गुमाएका शोकसन्तप्त परिवारजनमा नेपाली सेना हार्दिक समवेदना प्रकट गर्दछ ।
घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दै सेनाले उद्धार कार्यमा सहकार्य गर्ने अन्य सुरक्षा निकायलगायतका उद्धारकर्मीको प्रयासको सराहनासमेत गरेको छ ।
रासस
प्रकाशित समय २०:३२ बजे

















