गृहपृष्ठ मेयर हत्याको आशंकामा सहरका सबै प्रहरी प्रमुख गिरफ्तार
मेयर हत्याको आशंकामा सहरका सबै प्रहरी प्रमुख गिरफ्तार
मेक्सिकोको ओकाम्पो सहरमा एकजना मेयरको हत्यामा संलग्न रहेको आशंकामा सहरका सबै प्रहरी प्रमुखहरुलाई गिरफ्तार गरिएको छ । सहरका मेयर ६४ वर्षीय फर्नान्डो एन्जल्स जुआरेजलाई एक अज्ञात बन्दूकधारीले मंगलबार उनकै घर बाहिर गोल हानेर हत्या गरेका थिए ।
जुलाई एक देखि मेक्सिकोमा आम निर्वाचन हुँदैछ । यसअघि त्यहाँ सयभन्दा बढी नेताहरुको हत्या भइसकेको छ । पछिल्लो हप्ता मिचोअकान राज्यमा हत्या गरिएका एन्जेल्स तेस्रो नेता हुन् । गतसाता दुई जना नेताको सोही राज्यमा हत्या भएको थियो । लगातार हत्याको श्रृंखलापछि संघीय प्रहरीले आइतबार सहरका २७ प्रहरी अधिकारी र सार्वजनिक सुरक्षा स्थानीय सचिवलाई गिरफ्तार गरेको हो ।
एन्जल्स एक सफल व्यवसायी पनि थिए । पहिले उनी चुनावमा निर्दलीय उम्मेदवारका रुपमा लड्ने सोचमा रहेपनि पछि मेक्सिकोको एउटा ठूलो पार्टी डेमोक्रेट रिभोलुशनमा प्रवेश गरेका थिए ।
प्रकाशित समय ०८:१८ बजे

















