गृहपृष्ठ प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई हालै सम्पन्न आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदैछन् । आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओलीले सोही बैठकमा आफ्नो चीन भ्रमणका क्रममा भएगरेका सहमति, सम्झौताबारे जानकारी गराउनेछन् ।

भ्रमणका क्रममा नेपाल र चीनबीट रेल मार्ग, उर्जा, जलस्रोतलगायत विभिन्न सहमति तथा समझदारी भएको छ । प्रधानमन्त्री ओलीले आइतबार साँझ नै आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भने जानकारी गराइसकेका छन् ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु