गृहपृष्ठ राजधानीमा १६ वर्षयताकै भारी वर्षा, अब पालाे पूर्वकाे !
राजधानीमा १६ वर्षयताकै भारी वर्षा, अब पालाे पूर्वकाे !

गएको २४ घण्टामा राजधानीमा भारी वर्षा भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार ९३.६ मिलिमिटर पानी राजधानीमा परेको छ । यो विगत केही वर्षयताकै उच्च मापन हो । यसअघि सन् २००२ मा १७७ मिलिमिटर पानी मापन गरिएको थियो । गत वर्ष जुलाई २ मा सर्वाधिक ४२ मिलिमिटर मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुती पोख्रेलले सन् २००२ मा १७७ मिलिमीटर बर्षा भएको बताइन् । ‘त्यसयताका हरेक बर्षको रेकर्ड थाहा पाउन समय लाग्छ,’ उनले न्युज कारोबारसँग भनिन्, ‘तर गत बर्षकोभन्दा यसबर्ष तुलनात्मक रुपमा धेरै बर्षा भएको छ ।’
गएरातिको भारी बर्षाका कारण राजधानीको विशेषगरी भत्तपुर क्षेत्र जलमग्न बनेको छ । भक्तपुरको राधेराधे, सल्लाघारीलगायतका क्षेत्र डुबानमा परेको छ । घर विद्यालय नै डुबानमा जनजीवन अस्तव्यस्त बनेको छ । भक्तपुरका कुमार श्रेष्ठले आफू यस क्षेत्रमा पहिलो पटक डुबानमा परेको बताए ।
अन्य क्षेत्रको सम्भावना के छ ?
मौसम पुर्वानुमान महाशाखाकाअनुसार देशको मध्य तथा पश्चिम क्षेत्रमा भारी बर्षा भएको छ । बिहीबार दिउँसोसम्म बर्षा जारी रहने छ । जलवाष्पयुक्त हावा विस्तारै मध्य नेपालबाट पूर्वतर्फ सरिरहेकाले अब पूर्वी नेपालमा भारी बर्षा हुने सम्भावना रहेको मौसमविद् पोख्रेलले बताइन् ।
प्रकाशित समय १०:२० बजे