गृहपृष्ठ प्रेस काउन्सिलविरुद्ध सशक्त आन्दोलन गर्ने प्रेस युनियनको चेतावनी

प्रेस काउन्सिलविरुद्ध सशक्त आन्दोलन गर्ने प्रेस युनियनको चेतावनी

प्रेस काउन्सिल

 

नेपाल प्रेस युनियनले प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित पत्रपत्रिकाको वर्गीकरणको नतिजा सच्याउन माग गरेको छ । युनियनले त्यसो नगरिए ‘आन्दोलनमा उत्रने चेतावनी’ दिएको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रकाशित परिणाम सच्याउन आग्रह गरेका हुन् । उनले काउन्सिलद्वारा प्रकाशित नतिजाले आफूलाई गम्भीर बनाएको उल्लेख गरेका छन् ।

‘पत्रपत्रिकाको वर्गीकरणको नतिजाले नेपाल प्रेस युनियनलाई गम्भीर बनाएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘देशभरबाट यो नतिजालाई लिएर पत्रकार साथीहरुबाट असहमति प्रकट भएको छ । नतिजा निकाल्ने क्रममा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको गुनासोसमेत पत्रकार वृतबाट आएको छ ।’

नियमित प्रकाशन भइरहेका पत्रपत्रिकालाई घटुवा र कहिलेकाहीँ प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको गुनासो आएको युनियनले बताएको छ । ‘नियमित प्रकाशन भइरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी सोही ठाउँमा कहिलेकाहीँ प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएका गुनासा आएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रपत्रिका वितरण सम्परीक्षण समितिको सिफारिसलाई समेत लत्याउँदै बोर्ड बैठकसमेत नबसी फरक नतिजा प्रकाशन गरिएको कुराले हामीलाई झन् आक्रोशित तुल्याएको छ ।’ काउन्सिलद्वारा प्रकाशित नतिजालाई युनियनले ‘राजनीतिक प्रतिशोध साँधिएको दस्तावेज’का रुपमा लिएको छ ।

प्रेस काउन्सिल नेपालले मुलुकभरबाट प्रकाशित पत्रपत्रिकालाई क प्लस, क, ख, ग र घ वर्गमा वर्गीकरण गर्ने गर्छ । त्यसमा पनि काउन्सिले सबै वर्गकालाई राष्ट्रिय, क्षेत्रीय र स्थानीय भनेर वर्गीकरण गर्दै आएको छ ।

त्यसै अनुरुप काउन्सिलद्वारा प्रकाशित आर्थिक वर्ष २०७२÷७३ र २०७३÷७४ को नतिजा विवादित बन्न पुगेको हो । काउन्सिलद्वारा प्रकाशित नतिजाप्रति असन्तुष्टि जनाउँदै युनियनले आन्दोलनको चेतावनी दिएको हो ।

प्रकाशित समय १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु