गृहपृष्ठ विप्लबले कम्युनिस्टको बदनाम गरे : प्रचण्ड

विप्लबले कम्युनिस्टको बदनाम गरे : प्रचण्ड

'संघीयता धरापमा परेको भनेकाे हाेइन'

तस्बिर : गुगल

सत्ताको नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आतंक मच्चाएको आरोप लगाएका छन् ।

राजनीतिकभन्दा पनि बिप्लव नेतृत्वको नेकपाले आतंक मच्चाउने उद्देश्यले गतिविधि गरिरहेको प्रचण्डको टिप्पणी छ । बिप्लवले कम्युनिष्टको बदनाम गरेको उनले बताए । गृह जिल्ला चितवनमा शनिवार आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, ‘बिप्लवजीको पार्टीले राजनीतिभन्दा बढी अराजक गतिविधि गर्दै हिँडिरहेको छ ।’

अर्को प्रसंगमा प्रचण्डले सरकारको कामकार्बाहीको समिक्षा हुन थालेको बताए । अहिलेसम्म सरकारका राम्रै काम बढी देखिएको उनले दाबी पनि गरे । ‘जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार छ,’ उनले भने, ‘यसबारे समिक्षा गर्न पार्टी र सरकार तयार पनि छ ।’

पछिल्लो समयमा भएका कतिपय घटनाक्रममा सरकार मुकदर्शक बन्यो वा चुप लागेर बस्यो भन्ने कुरामा सत्यता नरहेको प्रचण्डको भनाइ छ । अर्थमन्त्री परिवर्तन गर्ने विषयमा चलेको चर्चामा सत्यता नभएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

करका कारण जनताको छाएको चिन्तामा सरकार गम्भीर छ,’ प्रचण्डले भने, ‘त्यसबारे पनि समिक्षा हुन्छ ।’ करका कारणले संघीयता धरापमा परेको भनेर आफूले कतै पनि नभनेको उनको प्रष्टिकरण छ ।

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु