गृहपृष्ठ काठमाडौं उपत्यकाको पाँच ठाउँमा बम फेला, दुई हजार प्रहरी परिचालन

काठमाडौं उपत्यकाको पाँच ठाउँमा बम फेला, दुई हजार प्रहरी परिचालन

काठमाडौ उपत्यकाको पाँच ठाउँमा  बम भेटिएसँगै २ हजार प्रहरी परिचालन गरिएको छ ।महानगरीय काठमाडौ परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौं उपत्याकोकाे पाँच ठाउँमा बम भेटिएसँगै २ हजार प्रहरी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार चोकचोकमा प्रहरी परिचालन गरिएको छ । काठमाडौको नयाँपाटी, नैकाप बल्खु र नागढुंगामा बम भेटिएको छ । भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

त्यस्तै भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा पनि आज बिहानै प्रेसर कुकर बम फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम निष्क्रिय पारिसकेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द गरेकाले उसले बम राखेको आशंका गरिएको छ । आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दको आह्वान गरेपनि सवारी साधान सामान्य रुपमा चलेका छन् ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु