गृहपृष्ठ वाजपेयीको आज राजकीय सम्मानसाथ अन्तिम संस्कार गरिँदै

वाजपेयीको आज राजकीय सम्मानसाथ अन्तिम संस्कार गरिँदै

bajpaiye-newskarobar

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज राजकीय सम्मानसाथ आज अन्तिम संस्कार गरिँदै छ । ९३ वर्षीय वाजपेयीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा हिजो निधन भएको थियो । वाजपेयी तीन पटक भारतीय प्रधानमन्त्री बनेका थिए ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी पूर्वप्रधानमन्त्री वाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीले बाजपेयीको निधनबाट आफू मर्माहत भएको र नेपालले असल मित्र गुमाएको उल्लेख गरेका छन ।

अन्तिम संस्कारमा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने तय भएको छ ।

प्रकाशित समय ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु