गृहपृष्ठ बिमस्टेक सम्मेलन : विद्यालय बन्द गरेर अतिथिको स्वागत !

बिमस्टेक सम्मेलन : विद्यालय बन्द गरेर अतिथिको स्वागत !

जाम घटाउन जोर-बिजोर नम्बरका सवारी

 

यही भदौ १४ र १५ गते नेपालमा ‘बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ (बिमस्टेक) सम्मेलन नेपालमा हुँदैछ । नेपल अहिले बिमस्टेकको अध्यक्ष राष्ट्र हो । सम्मेलन आयोजक राष्ट्र अध्यक्ष हुने अभ्यास बिमस्टेकमा छ । अब नेपाल पछि जहाँ सम्मेलन हुने हो त्यही राष्ट्र यसको अध्यक्ष बन्छ । यो सार्कको व्यवस्था भन्दा भिन्न छ । सार्कमा भने सम्मेलन जुन राष्ट्रमा हुन्छ सोही राष्ट्र अध्यक्ष हुन्छ । सार्कको शिखर सम्मेलन नेपालमा भएपछि नेपालले सार्कको अध्यक्षता लिएको थियो । अर्काे सम्मेलन नभएसम्म नेपाल यसको अध्यक्ष रहन्छ ।

नेपालले बिमस्टेक सम्मेलनका दौरान सात मुलुकका राष्ट्र प्रमुख वा सरकारप्रमुखलाई स्वागत गर्दैछ । नेपालमा हुन लागेको चौथो शिखर सम्मेलनमा सात राष्ट्रका अतिथि आउने भएपछि त्यसको व्यवस्थापनमा सरकार जुटेको छ । उनीहरुको बसोबास, खानपिन, सुरक्षा बन्दोबस्त लगायतको व्यवस्थापन गर्न सरकारलाई भ्याइ नभ्याई छ ।

शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चा, भुटानका प्रधानन्यायाधीश एवं मन्त्रीपरिषद् अध्यक्ष छिरिङ वाङ्चुक, बंगलादेशका प्रधानमन्त्री शेख हसिना तथा श्रीलंकाका राष्ट्रपति मैथिरीपाला श्रीसेना नेपाल आउँदैछन् । उनीहरु सम्मेलनमा भाग लिन सपरिवार नेपाल अउने तय भएको छ ।

सात राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख नेपाल आउने भएपछि त्यसको व्यवस्थापन गर्न सरकारलाई सजिलो छैन । पहिलो उनीहरुको सहज आवागमनका लागि यातायातको व्यवस्थापन चुनौतिपूर्ण छ । यो ट्रफिक प्रहरीको मुख्य चासोको विषय हो । सवारी व्यवस्थापनका लागि ट्राफिकले के गर्ला ?

यसका लागि ट्राफिक प्रहरीले सम्मेलन अवधिभर १३ देखि १५ गतेसम्म जोर–बिजोर नम्बरका सवारीसाधन चलाउने योजना बनाएको बुझिएको छ । सरकार पनि यसमा सकारात्मक देखिएको बताइएको छ । तर, यसरी आधा सवारीसाधन घटाइदा उसै पनि भीडभाड हुने काठमाडौंका सवारीमा यात्रुको चाप कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । अर्थात सार्वजनिक सवारीका साधन प्रयोगकर्ता नेपालीलाई सास्ती हुने देखिएको छ ।

बिमस्टेक शिखर सम्मेलन पहिलो पटक आयोजना गर्न लागेको नेपालले त्यसलाई भव्य बनाउन खोजेको छ । त्यसका लागि सवारी जाम घटाउनकै लागि दुई दिन काठमाडौं उप्रत्यकाका विद्यालयमा सार्वजनिक विदा दिने तयारी पनि हुन थालेको छ । विद्यालय बन्द गरे विद्यालयका बस नचल्ने र त्यसले जाम घटाउन सहयोग पुग्ने सरकारको आँकलन छ । त्यसका लागि गृह र शिक्षा मन्त्रालयमा छलफल भइरहेको बुझिएको छ । दुई दिन विद्यालय विदा दिने निर्णय हुने लगभग पक्का देखिएको छ ।

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु