गृहपृष्ठ व्यक्तिगत वचत १४ खर्ब ८ महिनामा व्यक्तिले जम्मा गरे ११८ अर्ब,

व्यक्तिगत वचत १४ खर्ब ८ महिनामा व्यक्तिले जम्मा गरे ११८ अर्ब,

काठमाडौं । गत फागुनसम्म विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिले १ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ राखेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा व्यक्तिगत निक्षेप ९।३ प्रतिशत बढेको छ ।
व्यक्तिगत निक्षेप बढेर १३ खर्ब ८७ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । बैंकले संकलन गरेको कुल रकमको ५६ प्रतिशत बढी व्यक्तिगत निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुल २५ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा संस्थागत र व्यक्तिगत गरी रहेको छ । ४४ प्रतिशत निक्षेप स्थानीय सरकार, बीमा कम्पनी, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सरकारी र गैरसरकारी संस्थाको रहेको छ ।

प्रकाशित समय २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु