गृहपृष्ठ तीन घण्टा अवरुद्ध विमानस्थल खुल्यो, यात्रुको भिड

तीन घण्टा अवरुद्ध विमानस्थल खुल्यो, यात्रुको भिड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घण्टा रोकिएको आन्तरिक तथा बाह्य उडान र अवतरण खुलेको छ । बिमस्टेक शिखर सम्मेलनका लागि विदेशी पाहुना आउने भएकाले तीन घण्टाको लागि आन्तरिक तथा बाह्य उडान र अवतरण रोकिएको थियो ।

सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका राष्ट्रपति जनरल चन ओचो आएपछि विमानस्थल खुलेको हो । तीन घण्टा आवागमन रोकिदा यात्रुहरु मारामा परेका छन् ।

अहिले विमानस्थलमा यात्रुको चाप बढेको छ । विशेषगरि रोजगारका लागि विदेश जान लागेका यात्रु मारमा परेका छन् । काठमाडौ उपत्यकाको सवारी आवागमन पनि प्रभावित भएको छ । विदेशी पाहुना आउने समयमा सडकमा सवारी साधान चल्न रोक लागइएको थियो ।

बिमस्टेक सम्मेलनका लागि जोर बिजोर प्रणालीमा सवारी साधान चलाउने व्यवस्था गरिएको छ । आज जोर गाडीहरु मात्र चलेका छन् ।

प्रकाशित समय १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु