गृहपृष्ठ दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

पेट्रोलियम पदार्थको मूल्य घटाउन दबाब

पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने भएको छ । यसअघि महासंघले आज शुक्रबारबाट टिकट बुकिङ गर्न सहमति जनाएको थियो ।

मूल्यबृद्धि फिर्ता लिन महासंघले सरकारकलाई ४८ घण्टे अल्टिमेटमसमेत दिएको थियो । व्यवसायीको मागमा सरकारले कुनै चासो नदिँदा आजदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णयमा पुगेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । मूल्यबृद्धिले गाडि चलाउनै नसक्ने अवस्था आएको उनको दाबी छ ।

यता राजधानीबाट दशैंका लागि घर जान टिकटको पर्खाईमा बसेका यात्रु भने अन्योलमा परेका छन् ।  आयाल निगमले केही दिनअघि मात्रै इन्धनको मूल्य बढाएको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढेको छ ।

प्रकाशित समय ०७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु