गृहपृष्ठ देशैभर वर्षा: अाेखलढुंगामा सबैभन्दा बढी, काठमाडाैंमा कम

देशैभर वर्षा: अाेखलढुंगामा सबैभन्दा बढी, काठमाडाैंमा कम

काठमाडौं :पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यका लगायत देशभर पानी परिरहेको माैसम पूर्वानुमान महासाखाले जनएकाे छ। कतै धेरै पानी परेकाे छ भने कति सामान्य छिटाएकाे मात्रै छ।

महाशाखाका अनुसार सबैभन्दा धेरै पानी ओखलढुङगामा परेकाे छ। पछिल्लाे २४ घण्टामा अाेखलढुंगामा ३४ मिलिमिटर पानी परेकाे महाशाखाले जनाएकाे छ।

धनकुटामा २५ मिलिमिटर पानीपरेको छ। यस्तै विराटनगरमा ३२ मिलिमिटर पानी परेको छ।
दाङ, सिमरा, भैरहवामा क्रमश २४,२७,२२ मिलीमिटर पानी परेको छ।
गएको २४ घन्टामा सबै भन्दा कम पानी काठमाडौं उपत्यकामा ०.३ मिलिमिटर पानी परेको छ। कम पानी परेनी काठमाडौं उपत्यकाको मौसम भने केही दिनदेखी धुम्म हुदै आएको छ।

प्रकाशित समय २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु