गृहपृष्ठ लुम्बिनीलाई विश्वकै गन्तब्यको रुपमा बिकसीत गर्ने : प्रम ओली

लुम्बिनीलाई विश्वकै गन्तब्यको रुपमा बिकसीत गर्ने : प्रम ओली

स्थानियलाई लुम्बिनी सित जोड्न आवश्यक : मूख्यमन्त्री

लुम्बिनी । बुद्ध जीवनको त्रिसंयोग दिनको स्वरुप मनाइने २५६२ औं बौद्ध जयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ सम्पन्न भएको छ । बौद्ध जयन्तीको एक कार्यक्रमका बिच राष्ट्रपति बिद्या देवी भण्डारीले उदघाटन गरेकी छन् । लुम्बिनी बिकास कोषले आयोजना गरेको २५६२ औं बौद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री के पी शर्मा ओलीले लुम्बिनीलाई विश्वकै आकर्षक एवम पवित्र पर्यटकिय गन्तब्यको रुपमा बिकसीत गर्ने बताए । उनले लुम्बिनीलाई विश्वकै धार्मिक पर्यटकहरुका लागी हेर्दा, सुन्दा, भन्दा एवम अनुभुति गर्दा समेत पवित्र स्थानको आभाष दिने गरि बिकसीत गर्ने बताए ।

लुम्बिनीलाई शास्त्रहरुमा बर्णन गरिए भन्दा पनि बढी सुगन्धित, पवित्र बगैचाको रुपमा अबको दिनहरुमा बनाउने सरकार प्रतिवद्ध रहेको उनले बताए । प्रधानमन्त्री ओलीले बुद्ध जन्मस्थल लुम्बिनीको दिगो पर्यटकीय विकासका निम्ति रामग्राम –लुम्बिनी–तिलौराकोट जोड्न मोनोरेल संचालनको आवश्यकता औल्याए । उनले लुम्बिनी मात्र नभइ यससँग सम्बन्धित रामग्राम र तिलौराकोटको समेत एकीकृत विकास गर्न तीनवटै स्थानलाई मोनोरेलले जोड्ने गरी संभाव्यता अघि बढाइने बताए । “रामग्राम, लुम्बिनी हुंदै तिलौराकोट जोड्न मोनोरेल संचालनका लागि छिट्टै संभाव्यता अघि बढाइन्छ” प्रधानमन्त्रीले भने “अध्ययनले संभव हुने देखियो भने काम पनि अघि बढ्छ ।”

लुम्बिनीलाई हजारौ बर्ष पहिले यहि जन्मेको सम्राट अशोकले स्थापित गरि सकेको कारण यस बारेमा बहस गर्नु नपर्ने उनको तर्क थियो । बरु भ्रम एवम गल्ती भएर बिभिन्न देशका कोर्ष बुकहरुमा गलत कुरा उल्लेख भएको भए त्यसलाई कुटनितिक पहल गरि हटाउन ओलीले आग्रह गरे ।

कार्यक्रमको उदघाटन राष्ट्रपति बिद्या देवी भण्डारीले गरे पनि उनले सो समारोहलाई सम्बोधन गरिनन् । यसै गरि सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का मूख्य मन्त्री शंकर पोखरेलले लुम्बिनीलाई स्थानिय जनता संग जोड्न नसकिएकोमा दुख ब्यक्त गरे । उनले अहिले सम्म लुम्बिनी र स्थानियहरु बिच समन्वय गर्न नसकिए पनि अबका दिनमा स्थानियलाई लुम्बिनीको बिकासमा कसरी जोड्न सकिन्छ भनि रणनिति नै बनाएर अगाडी बढनु पर्ने आवश्कता रहेको बताए ।

मूख्य मन्त्री पोखरेलले आगामी बर्ष देखी बुद्ध जयन्तीलाई प्रदेश सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउने बताए ।

 

लुम्बिनीमा बन्ने भयो अन्तराष्ट्रिय स्तरको सभा हल

राष्ट्रपति बिद्यादेवि भण्डारीले लुम्बिनीमा निर्माण हुने एसियाकै अत्याधुनिक सभागृहको शिलान्यास गरेकी छन् । आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको सभागृहको २५६२ औँ बुद्ध जयन्तीको अवसर पारेर राष्ट्रपति बिद्यादेवि भण्डारील भण्डारीले सिलन्यास गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओली समेतको उपस्थितिमा शिलन्यास गरेकी हुन् । जुन भवन एशियाकै नमूना हुने लुम्बिनी विकास कोषले दावी गरेको छ । कुल ५ हजार मानिस अटाउन सक्ने क्षमताको सभा हल प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भनिए पनि अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । सभाहलमा लुम्बिनीमा हुने बौद्ध जयन्ती समारोह, ध्यान तथा अन्य थुप्रै आध्यात्मीक तथा धार्मिक कार्यक्रम आयोजना गर्न सकिने छ । यस अघि सभाहलकै अभावमा बुद्ध जयन्ती लगायतको कार्यक्रम आयोजना गर्नका लागि भवन अभावका कारण कोषले निकै समस्या बेहोर्नु परेको थियो ।

करिब ३२ करोडको लागतमा बन्ने यो सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेश कुमार त्रिपाठीले जानकारी दिए । लुम्बिनी आज शिलान्यास गरिएको सभाहलको निर्माण भएपछि लुम्बिनीमा थुप्रै अन्तराष्ट्रिय स्तरका सभा सम्मेलन तथा गोष्ठी आयोजना हुने र लुम्बिनीको प्रर्वद्धनमा समेत महत्वपुर्ण टेवा पुग्ने विश्वास लिईएको छ । सभा हलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडान गरिने जनाईएको छ । सभाहल निर्माणको जिम्मा अनक अर्घाखाँची बाबुल जेभीले पाएको छ ।

सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का लगाएतका सबै प्रक्रिया पुरा भएर सिलन्यास भएका कारण निर्माण कम्पनीले आज देखि काम थालेको कोषले जनाएको छ ।

प्रकाशित समय १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु