गृहपृष्ठ ईरानले झुठो बोल्यो : ईजरायली प्रधानमन्त्री नेतान्याहु

ईरानले झुठो बोल्यो : ईजरायली प्रधानमन्त्री नेतान्याहु

ईजरायल । इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले इरानले परमाणु हतियार नबनाएको भनेर झूठ बोलेको बताएका छन् ।
प्रधानमन्त्री नेतन्याहुले आफूसंग ‘गोप्य परमाणु फाइल’ रहेको दावी गर्दै इरानले विश्वबाट लुकिछिपी परमाणु हतियार बनाइरहेको दाबी गरेका छन् । इरानले सन् २०१५ मा भएको परमाणु सम्झौताको उल्लंघन गरेको इजरायलको आरोप छ । सन् २०१५ मा विश्वका शक्ति राष्ट्रसंग भएको सम्झौताअनुसार इरानले परमाणु ऊर्जा कार्यक्रम बन्द गर्ने सर्तमा अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा भएको थियो । अमेरिकासहित विश्वका पा“च शक्ति राष्टबीच इरानको परमाणु सम्झौता भएको थियो । नेतन्याहुले तेल अभिवस्थित रक्षा मन्त्रालयमा भने आफ्ना गुप्तचर विभाग लगायतको पहलमा जम्मा गरिएको ‘प्रमाण’हरु सार्वजनिक गरेका छन् । उनले परमाणु हतियार कार्यक्रमसंग सम्बन्धित ५५ हजार पानाको फाइनल, १८३ वटा सीडी रहेको बताएका छन् । तर इरानले भने इजरायलको आरोप आधारहिन रहेको दावी गरेको छ । इरानले आफ्नो परमाणु कार्यक्रम इन्धनको आवश्यकता पूर्ति गर्नका लागि मात्रै भएको बताउ“दै आएको छ । इजरायलको दावीलाई उसले केटाकेटीपन भनेर टिप्पणी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इजरायलको यो दावी सत्य हो भने आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । उनले इरानको पमारणु सम्झौता सम्बन्धमा १२ मे भन्दा अगाडि नै आफ्नो निर्णय सुनाउने बताएका छन् ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु