गृहपृष्ठ कपिलवस्तुमा धानको सुपर जोन क्षेत्र, तरकारी र माछाको जोन क्षेत्र

कपिलवस्तुमा धानको सुपर जोन क्षेत्र, तरकारी र माछाको जोन क्षेत्र

कपिलवस्तु । कपिलवस्तुमा धानखेतीको उच्च प्राथमिक क्षेत्र तथा तरकारी खेती र माछा पलनको क्षेत्र कार्यक्रम स्वीकृत भएको छ । कृषि भुमी ब्यवस्थापन र सहकारी मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तर्गत उक्त ३ कार्यक्रम स्वीकृत गरेका हुन ।
यस अघि जिल्लामा धान र तरकारी जोन कार्यक्रम स्वीकृत भई अघि बढाईएको थियो । सुपर जोनमा १ हजार हेक्टर क्षेत्रमा र जोनमा ५ सय हेक्टरमा खेती गरिनेछ । बिगत २ बर्ष देखि कपिलवस्ुतको बाणगंगा नगरपालिकामा धान जोन कार्यक्रम संचालन हुदै आएको छ ।
तरकारी जोन कार्यक्रम संचालनकालागि एक महिना अघि कृषि, भुमी ब्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले उद्घाटन गरेका थिए । कृषि बिभागका महानिर्देशक दिल्लीराज शर्माले जिल्लामा धानको सुपर जोन र माछाको जोन कार्यक्रम स्वीकृत भईसकेको बताए । जिल्लाका कृषकहरुको माग अनुसार मन्त्री खनालको चासोमा जिल्लामा धानको सुपर जोन तथा तरकारी र माछाको जोन कार्यक्रम स्वीकृत भएको हो । मन्त्री खनाल र महानिर्देशक शर्मा दुबै कपिलवस्तुबासी हुन् ।
धानको सुपर जोन तथा तरकारी र माछा जोन कार्यक्रम आउने साउन देखि सञ्चालन हुने महानिर्देशक शर्माले बताए । जिल्लामा धान उत्पादनमा आत्मनिर्भर रहेपनि तरकारी र माछामा भने परनिर्भर रहदै आएको छ । धान जिल्लाको प्रमुखबाली हो भने तरकारी र माछा सहायक खेतीमा पर्ने गरेको छ । जिल्लालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन यी कार्यक्रमहरु सञ्चालन गरिएको कृषि मन्त्री खनालले तर्क गरे । ‘ ब्यवसायिक रुपमा अझै धन, तरकारी र माछा खेती प्रभावकारी बन्न सकेको छैन, ’ मन्त्री खनालले भने ‘ आधुनिक प्रबिधि मार्फत खेती गरी उत्पादन बढाउन यो कार्यक्रमले अवश्य परिवर्तन ल्याउनेछ ।
आधुनिक मेशीनरी औजार, सिंचाइ ब्यवस्था, उन्नत जतका बिउ बिजन, कृषकहरुलाई अनुदान दिईने भएकाले उत्पादनमा भारी बृद्धि हुने महानिर्देशक शर्माको भनाइछ । जिल्लामा कुल खेती योग्य जमिन ८३ हजार हेक्टर मध्ये ७२ हजार हेक्टरमा धान खेती गर्ने गरिन्छ । जसबाट २ लाख बढी मेट्रिक टन धान उत्पादन हुने गरेको छ । धानको सुपर जोन कार्यक्रम बाणगंगा नगरपालिका भित्र सञ्चालन हुनेछ । कार्यक्रमबाट १ हेक्टरमा ३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । प्लटिङले गर्दा बिस्तारै धानको क्षेत्रफल समेत घटदा धानको उत्पादनमा समेत असर परीरहेको बेला यो कार्यक्रले धान उत्पादनमा प्रभावकारी भुमिका खेल्ने धान जोन कार्यक्रमका प्रमुख दुर्गा रिजालले बताए । धान सुपर जोनमा आधुनीक यन्त्र, चिस्यान केन्द्र, सिंचाई, मेशीनहरु राख्ने कप सेन्टर, उन्नत बीउ बिजन, प्रदर्शनी लगायत हुने बताईएको छ ।
बुद्धुभुमी, बाणगंगा र शिवराज नरपालिकाको क्षेत्रलाई जोडेर माछाको जोन कार्यक्रम सञ्चालन हुनेछ । माछा, भुरा उत्पादन, पोखरी खन्न, ढुवानी, यन्त्रहरुमा कृषकहरुलाई बिशेष अनुदान पाउनेछन । जिल्लामा अहिले ७ सय हेक्टरमा माछापालन हुने गरेको छ । जसबाट १२ सय मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । जिल्लामा अझै ५० प्रतिशतको हाराहारीमा छिमेकी जिल्ला र भारतबाट माछा आयात हुने गरेको छ । जोन कार्यक्रम सञ्चालन भए पछि जिल्लाबाट माछा बाहिरी जिल्लामा निकासी हुने कृषकहरु बताउछन । यस्तै कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३,४,६,९,१० र १२ तथा बुद्धुभमी नगरपालिकाको वडा नम्बर १० मा तरकारी जोन कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । ५ सय १० हेक्टर क्षेत्रको जोन कार्यक्रमबाट ८ हजार ६७० मेट्रिक टन तरकारी उत्पादन भई १९ करोड बढीको कारोवार हुने अनुमान गरिएको छ । जिल्लामा ५ हजार ८४५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको र ३ हजार ८४० मेट्रिक टन भारत र बाहिरी जिल्लाबाट ल्याउने गरिएको छ ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु