गृहपृष्ठ आइएमई जनरल ब्लु क्रस अस्पताल सम्झौता
आइएमई जनरल ब्लु क्रस अस्पताल सम्झौता
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रालि बिच नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पताल प्रालि बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने बिज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौतापत्रमा आइएमईका तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालका सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन ।
प्रकाशित समय ०७:५६ बजे

















