गृहपृष्ठ सावधान ! भोलि ठूलो हिमपात र वर्षा हुन सक्छ
सावधान ! भोलि ठूलो हिमपात र वर्षा हुन सक्छ
जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि देशको अधिकांश स्थानमा वर्षा र हिमपात हुने जनाएको छ । मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोलि उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो र पहिरो जानसक्ने भन्दै सर्तक तुल्याएको छ ।
महाशाखाले पहाडी क्षेत्रका स-साना खोलाहरूमा आकस्मिक बहाब प्रबाह हुनसक्ने समेत जनाएको छ । जल तथा मौसम पूर्वानुमान विभागले पश्चिमी वायुको प्रभावले अबको केही दिन देशभरि नै प्रभाव पर्ने र अधिकांश स्थानहरुमा हल्का देखी मध्ययम हिमपात/ वर्षा हुने जनाएको छ ।
विभागका अनुसार अनुसार देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । महाशाखाले जारी गरेको सूचनाअनुसार पश्चिमी भू–भागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ ।
बिहीबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातका साथै पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारी हिमपातको हुने विभागले जनाएको छ ।
बिहीबार बेलुका देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र १-२ स्थानमा भारी वर्षाको हुनसक्ने विभागले जनाएको छ । यो स्थिति शुक्रबार पनि कायम रहने विभागले जनाएको छ ।
प्रकाशित समय ११:०७ बजे

















