गृहपृष्ठ भुमि व्यवस्थापनका लागि कृषिमा यान्त्रिकिकरण गर्ने कृषी मन्त्रीको तयारी

भुमि व्यवस्थापनका लागि कृषिमा यान्त्रिकिकरण गर्ने कृषी मन्त्रीको तयारी

काठमाडौ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कृषियोग्य भुमि दिनानुदिन बाँझो हुँदै गएकोले अव भूमी व्यवस्थापन गर्न कृषिमा यान्त्रिकिकरण गरिने बताएका छन् । इजरायलमा भएको ‘विश्व कृषि प्रदर्शनी’ मा सहभागी भएर नेपाल फर्किएलगत्तै उनले यस्तो तयारी गर्न शुरु गरेका हुन् ।
पछिल्लो समय कृषियोग्य जमिन नास हुँदै गएको र विचौलियाको हातमा कृषियोग्य जमिन भएका कारण मुलुकको कृषि उत्पादनको आवस्था घट्दै गइरहेको भन्दै नउले कृषियोग्य जमिनको व्यवस्था गरी कृषिमा यान्त्रिकिकरण गरिने बताए ।
‘कृषियोग्य जमिन किसानको हातमा रहेन छ’ उनले भने, ‘पुर्ण रुपमा दलालको हातमा रहेको जमिनको व्यवस्थापन राज्यले समेत गर्न नसकेकाले त्यसको व्यस्थापनको लागि आवश्यक छलफल गरिरहेका छौं ।’
विचौलियको हातमा खेतीयोग्य जमिन भएका कारण क्षेत्रमा यान्त्रिकिकरण हुन नसकेको र विचौलियकै कारण किसान समेत मार्कामा परेको भन्दै मन्त्री खनालले यसको व्यवस्थापनमा सरकार लाग्ने बताए । ‘विगतमा कृषि, पशुपन्छि, सहकारी र भुमि गरी चार वटा मन्त्रालय भएकाले भुमि व्यवस्थापन गर्न केही कठिन थियो होला,’ उनले भने, अहिले सबै मन्त्रालय गाभिएर एउटै मन्त्रालयको रुपमा भएकाले यसको व्यवस्थापन गर्न सजिलो हुन्छ भन्ने विश्वास छ, ।’
उनका अनुसार इजरायलमा भएको विश्व कृषि प्रदर्शनीमा करिब ४० देशिका कृषि मन्त्रीहरू उपस्थित रहेका थिए । ती सबै मन्त्रीहरूले आ–आफ्नो देशको कृषिको बारेमा रहेका समस्या राखेका थिए ।
विश्व प्रदर्शनीबाट प्रभावित भएर आएको बताउँदै मन्त्री खनालले कतिपय मुलुकले कृषिकै लागि जमिन छुटयाएको र कृषिको लागि भनेर छुटयाएको जमिनमा अन्य कुनै पनि क्रियाकलापहसर गर्न नपाउने वयवस्था गरेको बताए । त्यसो गर्न सकेको आवस्थामा कृषि फस्टाउन सक्ने उनको भनाई थियो ।
त्यस्तै इजरायलको कृषि प्रविधि उच्च रहेको र सो प्रविधि नेपालमा ल्याउन समेत आफुले आग्रह गरेको उनको भनाई थियो । इजरायलमा कृषिमा बढीजसो प्राइभेट लगानी हुने गरेको र त्यसको जिम्मा सरकारले लिएको स्मरण गर्दै इजरायल सरकारले अनुदानको व्यवस्था गरेको बताए ।
इजरायलको जस्तै प्रविधि नेपालमा पनि भित्र्याउनको लागि इजरायली सरकमारसँग छलफल भएको उनले जानकारी दिए । ‘हामीले इजरायलका कृषिविज्ञहरू यता पठाइदिन आग्रह गरेका छौं’ उनले भने, ‘नेपालमा कृषि यान्त्रिकरणका लागि के कस्ता सम्भावना छन् त्यसको अध्ययन गरी यान्त्रिकिकरण तर्फ अग्रसर हुने छौं ।’
नेपालमा कृषि यान्त्रिकिकरणका लागि एक महिना भित्रै विज्ञ पठाउमा इजरायली सरकार सकारात्मक रहेको उनको भनाई थियो ।

प्रकाशित समय ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु