गृहपृष्ठ भारतीय अमुल डेरीले नेपालबाट उत्पादन थाल्दै
भारतीय अमुल डेरीले नेपालबाट उत्पादन थाल्दै
काठमाडौं । भारतमा सहरकारीमार्फत सञ्चालन रहेको अमुल डेरी उद्योगले आफ्नो उद्योग नेपालमा विस्तार गर्न लागेको छ । भारतीय सञ्चार माध्यमका अनुसार अमुल डेरीले नेपालको नवलपरासीमा आफ्नो ब्राण्ड विस्तार गर्न लागेको हो ।
नेपाल, डेरी उद्योगका लागि राम्रो ठाउँ भएको भन्दै अमुल डेरी उद्योगले नवलपरासीबाट नेपालमा आफ्नो उत्पादनको कारोबार गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमुल डेरीले ३० भन्दा बढी मुलुकबाट आफ्नो उत्पादनको कारोबार गर्दै आएको समेत जनाइएको छ ।
तर, सो डेरी नेपालमा आएको आवस्थामा नेपालका डेरी उद्योग भने जोखिममा पर्ने नेपाली डेरी उद्योगीले बताएका छन् । नेपाली डेरी उद्योगीले भारतको अमुल डेरीलाई नेपाल आउन नदिन नेपाल सरकारसँग माग गरेका छन् ।
डेरी व्यवसायीले नेपालमा अमुल आएको आवस्थामा नेपाली डेरी उद्योग जेखिममा पर्ने दावी गरेका छन् । नेपाली उद्योग जोखिममा पर्ने भएकाले अमुल डेरीलाई नेपालमा आउनबाट रोक्नु पर्ने व्यवसायीहरुले जोडदार माग गरेका छन् ।
नेपाल दुधमा आत्मनिर्भर हुनै लागेको समयमा अमुल डेरी भित्रिएपछि नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने डेरी एसोसिएसनले बताएका छ । कृषि भुमि व्यवस्था तथा सहरकारी मन्त्री चक्रपाण्ी खनालसंग व्यवासायीहरुले अमुल डेरी नेपालमा आएपछि नेपाली डेरी उद्योग जोखममा पर्ने भन्दै त्यसलाई राक्नु पर्ने माग गरेका छन् ।
त्यसका लागि आफुले उद्योग मन्त्रालयसँग छलफल गरे अघि बढ्ने मन्त्री खनालले पनि आश्वासन दिएका छन् । ‘आफ्नो मुलुकमा भएको उत्पादन हुने वस्तु बाहिरबाट आयात हुनु आफैंमा राम्रो कुरा होइन’ उनले भने, ‘त्यसमाथि उद्योग नै आएका आवस्थामा नेपाली उत्पादनलाई जोखिम हुने भएकाले त्यसलाई रोक्नका लागि म उद्योग मन्त्रालयसँग छलफल गर्ने छुँ ।’
प्रकाशित समय ०८:४० बजे

















