गृहपृष्ठ स्पोर्टस् अवार्डमा तीन विधाको मनोनयनमा सन्दीप

स्पोर्टस् अवार्डमा तीन विधाको मनोनयनमा सन्दीप

काठमाडौं- युवा क्रिकेटर सन्दीप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीनवटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाइस विधामा यसअघि नै मनोनयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका हुन् ।

उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की पनि मनोनयनमा परेका छन् । त्यस्तै, उत्कृष्ट महिला खेलाडीमा बक्सिङकी विमला श्रेष्ठ, ब्याडमिन्टनबाट शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलबाट सावित्रा भण्डारी र टेबलटेनिसबाट नविता श्रेष्ठ परेका छन् ।

उत्कृष्ट युवा खेलाडीमा लामिछानेसँगै, क्रिकेटबाटै दीपेन्द्रसिंह ऐरी, फुटबलबाट दिनेश हेम्जन, जुडोबाट मनिता श्रेष्ठ प्रधान र बक्सिङबाट पुनम रावल मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटा, क्रिकेटबाटै विनोद दास, फुटबल प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ परेका छन् ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु