गृहपृष्ठ टुँडिखेलमा सेना दिवसकाे राैनक (फोटोफिचर)
टुँडिखेलमा सेना दिवसकाे राैनक (फोटोफिचर)
सेना दिवस विभिन्न कार्यक्रम गरेर देशरभर मनाइएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शका साथै विशेष कार्यक्रमको आयोजना गरिएको छ । सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिएको थियो । सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागि भएका थिए । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।








तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १४:१९ बजे

















