गृहपृष्ठ आइएलओ महासन्धि १८९ अनुमोदन गर्न सरकारलाई सुझाव

आइएलओ महासन्धि १८९ अनुमोदन गर्न सरकारलाई सुझाव

pourakhi-newskarobar

घरेलु कामदारको क्षेत्रमा क्रियाशील चार संस्थाले घरेलु श्रमिकको पहिचान र आईएलओ महासन्धि १८९ अनुमोदन गर्न सरकारलाई सुझाव दिएका छन् । आइतबार राजधानीमा एक कार्यक्रम गरी देशभित्र र वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारका सम्बन्धमा उनीहरूले १० बुँदे सुझाव दिएको जानकारी गराएका हुन् ।

नेपालभित्रै घरेलु श्रमिकको न्यायोचित पहिचान हुन नसक्नु, कामको रुपमा मान्यता दिन नसक्नु, घरेलु श्रमिकले सामाजिक आर्थिक तथा अन्य किसिमको विकासमा पुर्‍याएको योगदानको मुल्यांकन तथा कदर हुन नसक्नु आदि कारणले उनीहरु जोखिममा पर्ने गरेको उनीहरूले बताएका छन् ।

घरेलु श्रमलाई व्यवस्थित गर्न न्यूनतम पारिश्रमिक तोकिनुपर्ने, बिदालगायतका सुविधा दिनुपर्ने जस्ता व्यवस्था गरे पनि प्रभावकारी कार्यनवयन हुन नसकेको संघसंस्थाको ठहर छ ।

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु