गृहपृष्ठ मोहिनी मुस्ताङ (फोटो फिचर)

मोहिनी मुस्ताङ (फोटो फिचर)

यातायातको सुविधा तथा सूचना र सञ्चारमा पहुँच बढेसँगै नेपालीहरुमा पनि घुम्ने संस्कृति बढेको छ । अध्ययन भ्रमण वा पारिवारिक घुमघामका लागि जिल्लाभित्र वा देशका पूर्वदेखि पश्चिमसम्म पुग्न थालेका छन् । निजी क्षेत्र तथा स्थानीय तहको अगुवाईमा आन्तरिक पर्यटकलक्षित गरे यस्ता पर्यटकीय स्थलहरुको निर्माण र प्रवद्र्धन गर्ने क्रम व्यापक बन्दैछ । यसरी घुमघामका लागि पुगिने गन्तव्यहरु धेरै छन् । यसमध्ये ‘हिमालपारिको जिल्ला’ भनिने मुस्ताङ धेरैको रोजाइमा पर्छ । मुस्ताङको अर्को उपनाम ‘मरुभूमिको जिल्ला’ पनि हो । सदरमुकाम जोमसोमलगायत कागबेनी, मुक्तिनाथ, मार्फा त्यहाँका पर्यटकीय स्थलहरु हुन् । भू-बनोट, हिमाली दृश्यहरु, रहनसहन र संस्कृतिले अन्य क्षेत्रबाट मुस्ताङ पुगेकाहरुको मन तान्छ । विभिन्न ट्राभल एजेन्सीहरुले ल्याएका ‘टुर प्याकेज’का कारण पनि मुस्ताङ पुग्ने सपनालाई साकार बनाउन सहज भएको छ ।

तस्बिरहरू : राज माङलाक।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु