गृहपृष्ठ पत्रकार महासंघले भन्यो- संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित भयो
पत्रकार महासंघले भन्यो- संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित भयो
संहिताले पत्रकारहरुको पेशागत कार्य गर्नसमेत अबरोध गर्ने भन्दै संहिताको संशोधन आवश्यक रहेको भन्दै महासंघले शुक्रबार प्रदर्शनसमेत गरेको छ । शुक्रबार महासंघले काठमाडौंको नयाँ बानेश्वरमा संहिताको संशोधन माग गर्दै प्रदर्शन गरेको हो ।

त्यसैगरी गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानले पत्रकारहरुले पेशागत कर्म गर्न नसक्ने महासंघले बताएको छ । त्यसैले ति व्यवस्थाहरुको संशोधन गर्न महासंघले माग गरेको छ । महासंघले संहितालार्य प्रेसमैत्री बनाउन केन्द्र, प्रदेश र जिल्लास्तरमा दबाबमुलक कार्य गर्दै आएको छ ।

शुक्रबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित एभरेस्ट होटल अघि महासंघले सञ्चार साधनहरुसहित सांकेतिक विरोध प्रदर्शन गरेको छ ।

संहिता संशोधनको माग गर्दै महासंघले बुधबार देशभर ज्ञापनपत्र बुझाएको थियो । संहिताका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गर्दै केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाएको हो ।

सबै तस्बिरहरू : सुनिल प्रधान
प्रकाशित समय १७:४५ बजे

















