गृहपृष्ठ सरकार पुनर्गठनको सम्भावना छैन : प्रचण्ड

सरकार पुनर्गठनको सम्भावना छैन : प्रचण्ड

‘पार्टी एकताले सोचे अनुरुप गति लिएन’

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कार्बाहीलाई थप तिव्रता दिन सरकारको गियर परिर्वतन हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले सरकार अब एक नम्बर गियरमा दौड्ने दाबी गरे ।

उनले ‘हिलो मैलोको समय सकिएपछि सवारी धनीले गाडीको गियर परिवर्तन गरी एक नम्बर गियरमा चलाए जस्तै सरकारको गियर पनि अब एक नम्वरमा चलाइने दावी गरे ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारको तत्काल पुर्नगठनको सम्भावना भने नरहेको बताए । उनले बर्तमान सरकार पुर्नगठनको अबस्था अहिले नै नआएको पनि प्रष्ट पारे ।

प्रचण्डले सरकार गठन भएको एक वर्ष मात्र पुगेको र सरकारले आफ्नो घोषणापत्र अनुुसार काम गरिरहेकाले सरकार पुर्नगठनको आवश्यता अहिले नै नरहेको दावी गरे । एक अर्को प्रसँगमा प्रचण्डले पार्टी एकताको विषय सोचे अनुरुप केही ढिला भएको बताए ।

उनले केन्द्रको विवादका कारण पार्टी एकतामा ढिला नभएको प्रष्ट पारे । उनले भने भोली आउने अप्ठ्यारोलाई अहिले नै सच्याएर जाने योजना बनाएकाले पार्टी एकताको कार्य ढिला हुन पुगेको जानकारी दावी गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरे ।

नेकपा मोरङले तिहारको अवसरका आयोजित चियापान समारोहमा सहभागी हुन अध्यक्षम प्रचण्ड र महासचिव विष्णु पौडेल विराटनगर आएका हुन् । प्रचण्डले सोमवार नै पार्टी कार्यालयमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु