गृहपृष्ठ आइसीसी महिला टी–२० : नेपालको विजयी सुरुवात, मलेसिया ३४ रनले पराजित
आइसीसी महिला टी–२० : नेपालको विजयी सुरुवात, मलेसिया ३४ रनले पराजित
थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मंगलबार भएको खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले १ सय २७ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ९२ रन मात्र बनायो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।
प्रतियोगितामा आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेत गरी ७ टोलीको सहभागिता रहेको छ । नेपालले दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेल्ने तालिका रहेको छ।
प्रकाशित समय १२:१० बजे

















