गृहपृष्ठ महाधिवेशन समयमै हुनुपर्छ : नेता केसी

महाधिवेशन समयमै हुनुपर्छ : नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा समयावधि थप्न नहुने र महासमितिले दिएको म्यान्डेडलाई महाधिवेशनले मात्र परिवर्तन गर्न सक्ने प्रावधान भएपनि जथाभावी गरिएको बताए ।

नेता केसीले भने, ‘बहुमतका आधारमा तोडमोड गरी गरिएको विधान पारित मान्य छैन् ।’ उनले तलैबाट निर्वाचित भएर आउनु पर्ने लोकतान्त्रिक पार्टीको गुण नै भएकोले यस्तो प्रावधानलाई परिवर्तन गर्न नहुने बताए ।नेता केसीले पार्टीको सभापति सबैको सल्लाहमै बनाउनुपर्ने बताए ।

उनले भने ‘म पनि सभापतिको आकांक्षी हो, तर सबैको सल्लाह र सहमतिमा मात्र निर्णय गर्छु ।’
अर्को प्रसंगमा नेता केसीले सरकार भ्रष्टाचारलाई बढावा दिने निकाय जस्तो भएको आरोप लगाउँदै बुढीगण्डकी, वाइडबडी खरिद, फोर जी इजाजत जस्ता विषयले नेपालकै बद्नामी भएको बताए ।

नेता केसीले भने ‘यो प्रकरणमा विपक्षी दलका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस ।’ केसीले वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु