गृहपृष्ठ मन्त्रिमण्डल पुनर्गठन सम्बन्धमा दुई अध्यक्षबीच छलफल

मन्त्रिमण्डल पुनर्गठन सम्बन्धमा दुई अध्यक्षबीच छलफल

prachanda_newskarobar

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनर्गठन सम्बन्धमा मंगलबार बिहान छलफल भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग मंगलबार कुरा गर्दै सरकारका कार्यलाई द्रुतगति दिन यस सम्बन्धमा चर्चा भएको बताउँदै यद्यपि यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेको प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्री दाहालले एक वर्षका अवधिमा सरकारको कार्य सन्तोषजनक रहेको बताउँदै यसबीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानूनलगायत थुप्रै कार्य गरेको धारणा व्यक्त गरे । उनले प्रदेशको अधिकार खोस्ने कार्य संघीय सरकारले गरेको भन्ने आरोप गलत भएको बताउँदै संविधानमा उल्लेख भएअनुसारको अधिकार सातै प्रदेशलाई दिएको प्रष्ट पारे ।

अध्यक्ष दाहालले पृथकतावादी आन्दोलनमा लागेका सिके राउत राष्ट्रिय एकता र राष्ट्रिय मूलधारमा आउनु सकारात्मक कुरा भएको उल्लेख गरे ।

उनले सिके राउतसँग वर्तमान मुलुकको संविधान स्वीकार गरी राष्ट्रिय राजनीतिमा आउने भएको ११ बुँदे सम्झौतामाथि शंका नगर्न सबै राजनीतिक दललाई आग्रह गरे । पार्टी अध्यक्ष दाहालले वर्तमान सरकारले सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउने समझदारीमा पार्टीको समेत सहमति रहेको प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीसँग मंगलबार बिहान पार्टी एकतालाई अन्तिम रुप दिन बालुवाटरमा छलफल भएको बताउँदै उनले आगामी एक/दुई दिनभित्र यसको टुङ्गो लाग्ने जानकारी दिए । नेकपाका दुई अध्यक्षबीचको समदारीबाट पार्टी सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले भने, ‘हामीबीच कुनै विवाद छैन, समझादारीमा पार्टी अघि बढेको छ ।’ पाँचौं साफ महिला फुटबल प्रतियोगिता उद्घाटन गर्न उनी विराटनगर आएका हुन् ।

प्रकाशित समय १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु