गृहपृष्ठ टिकापुर घटनाका विद्रोहीलाई दण्ड गर्नु दुर्भाग्यपूर्ण : भट्टराई

टिकापुर घटनाका विद्रोहीलाई दण्ड गर्नु दुर्भाग्यपूर्ण : भट्टराई

नयाँ शक्ति पार्टी नेपालले टिकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताएकाे छ। सोमबार पत्रकार सम्मेलनमा पार्टी संयोजक बाबुराम भट्टराईले विगतमा भएका संघर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टिकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताएका हुन् ।

संयोजक भट्टराईल ८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

विप्लव समूहको गतिविधि विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहना विपरीत भएको भट्टराईको ठहर छ । सरकार र विप्लव समूहलाई सही कार्यदिशा अवलम्बन गर्न उनले आग्रह पनि गरे ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु