गृहपृष्ठ कांग्रेस संसदीय दलको बैठक पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक पनि बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको कांग्रेसले जनाएको छ ।

बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समिक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाही लगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु