गृहपृष्ठ सरकारले सक्ने काम पनि गरेनः मोहन वैद्य
सरकारले सक्ने काम पनि गरेनः मोहन वैद्य
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले बर्तमान सरकार बाट बिकास र समृद्धि सम्भब नभएको दाबी गरेका छन् । ‘भाषण र शब्दजालले मात्रै सम्बृद्धि आउँदैन, सरकारका गतिबिधिले संबृद्धिको संभाबना नदेखाएन’, उनले भने ।
शनिबार बिहान बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कारमा बोल्दै महासचिब बैद्यले प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्डदेखि बिप्लवसम्मको कडा आलोचना गरे । अहिलेको नाम मात्रको कम्युनिष्ट भनिएको सरकारले कम्युनिष्ट पार्टीकै बदनाम गरेको उनको आरोप थियो ।
सरकारले क्रान्तिकारीहरुलाई दमन अगाडि बढाएको भन्दै उनले आपत्ती जनाए ।
प्रधानमन्त्रीले शब्द शैयामा सुतेर समृद्धिको नारा दिएको भन्दै उनले अहिले लगानी सम्मेलनमा प्रधानमन्त्रीले नयाँ शब्द ल्याएको बताए ।
‘प्रधानमन्त्रीले आफ्नो कुरा मात्रै गर्नुहुन्छ । कुरामै हेर्ने हो भने उहाँले नेपालमा बिकास कहाँ पुर्याउनुभयो, पानीजहाज, रेलगाडी कुदाइसक्नु भयो । अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याउनुभा’छ । भर्जिन ल्याण्ड (कुमारी भूमि) मा लगानी देशका मान्छेले गर्ने हो कि बिदेशीले ? उनले प्रश्न गरे ।
प्रकाशित समय १७:२९ बजे
















