गृहपृष्ठ प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
फाइल तस्बिर
एक साता लामो युरोप भ्रणम सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । जेठ २५ गते स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आज स्वदेश फर्किन लागेक हुन् । कतार एयरवेजको विमानबाट उनी बिहान काठमाडौँ आइपुग्ने छन् ।
प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेका प्रधानमन्त्री ओली त्यसपछि बेलायत गए । उनले त्यहाँको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गरे ।
प्रधानमन्त्रीले बेलायतमा प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । त्यसपछि फ्रान्स गएका प्रधानमन्त्रीले पेरिसमा प्रधानमन्त्री इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रकाशित समय ०८:३० बजे

















