गृहपृष्ठ कांग्रेस सांसदको प्रश्न- प्रधानमन्त्री रोजगार कार्यक्रम अरिंगाल पाल्न हो ?
कांग्रेस सांसदको प्रश्न- प्रधानमन्त्री रोजगार कार्यक्रम अरिंगाल पाल्न हो ?
फाइल तस्बिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा सत्तारुढ नेकपाका कार्यकर्ता पोस्ने काम भइरहेको आरोप लगाएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार सांसद प्रकाश रसाइलीले कार्यक्रमले बेरोजगारलाई रोजगारी दिनेभन्दा पनि पार्टीका कार्यकर्ता पालेको बताए ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रमले बाँदर धपाउने, नाली सार्ने, झार उखाल्ने जस्ता काम गर्न लगाएर पार्टीका अरिंगाललाई पाल्ने काम गरेको छ,’ उनले भने, ‘कार्यक्रमको दुरुपयोगबारे सरकारले छानबिन गर्नुपर्छ ।’ सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दुई अर्ब बजेट विनियोजन गरेको छ ।
प्रकाशित समय १३:०४ बजे

















