गृहपृष्ठ ‘गलबन्दी’ विवाद संसद पुग्यो

‘गलबन्दी’ विवाद संसद पुग्यो

samsad-bhawan-newskarobar

प्रकाश सपुतको ‘गलबन्दी’ गीतको विवाद संसदमा पुगेको छ । तीस दिनमा डेढ करोडपटक हेरिएको गीतका सर्जक सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नुपर्नेमा शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद मीन विश्वकर्माले विरोध गरेका हुन् ।

उनले लोकलय भनेको पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछिसम्म जीवित राख्ने भएकाले एक पुस्ताले एकपल्ट गाएको गीत एकपल्ट मात्र रेकर्ड हुन्छ भने लोक भाका नहुने तर्क गरे । गाउँघर, रोदी, मेलापातमा जाँदा स्वतः गाउने भाका नै लोक लय हुन्छ भन्दै उनले प्रकाश सपुतको गीतको समर्थन गरे । प्रकाश सपुतको गीत कुनै पनि भाकासँग मेल नखाने उनको दाबी छ । सत्तारूढ दल समर्थक शम्भु राईले सामान्य कलाकारले गरेको काममा चोरी गरेको भन्नु लज्जास्पद रहेको सांसद विश्वकर्माले बताए ।

राईका मतियारले सामाजिक सञ्जालमा प्रकाश सपुतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै विश्वकर्माले निन्दा गरे । दलित समुदायलाई अपमान गर्नेलाई साइबर कानुनअन्तर्गत कारबाही नगरे सम्पूर्ण दलित आन्दोलनमा उत्रने उनको चेतावनी छ ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु