गृहपृष्ठ नेकपामा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो
नेकपामा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले ७७ जिल्लाकै इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो । कुनै जिल्लामा एकमात्र इन्चार्ज छन् भने कुनैमा सहइन्चार्ज मात्र छन् । तर कोही जिल्लामा भने १० जनासम्म सहइन्चार्ज बनाइएको नेता वामदेव गौतमले जानकारी दिए ।
बैठकले संगठन र विभागहरुको गठन तथा केन्द्रीय सदस्यहरुको कार्यविजभाजनका विषयमा भने निर्णय लिन सकेन । नेताहरुबीच कुरा नमिल्दा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । खासगरी स्कूल विभाग कसले लिने भन्नेमा विवाद रहेको बुझिएको छ । पूर्वएमालेका इश्वर पोखरेल र पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठ सो विभाग आफूले पाउनुपर्ने अडानमा छन् ।
संगठन विभाग, विदेश, पार्टी नीति तथा प्रतिष्ठान, आर्थिक, प्रचार विभागलगायतमा भने नेताहरुबीच खासै विमति नरहेको बताइएको छ ।
प्रकाशित समय १७:१२ बजे

















