गृहपृष्ठ विप्लव समूहद्वारा नेकपा नेतामाथि कुटपिट
विप्लव समूहद्वारा नेकपा नेतामाथि कुटपिट
सांकेतिक तस्बिर ।
विप्लव समूहले जाजरकोटमा सत्तारुढ नेकपाका नेतामाथि आक्रमण गरेको छ ।
बारेकोट गाउँपालिकामा पार्टीद्वारा आयोजित कार्यक्रममा जाँदै गर्दा बुधबार उनीहरुमाथि विप्लव समूहले कुटपिट गरेको हो । नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समिति सदस्य डम्बरबहादुर सिंह विप्लव समूहको कुटपिटबाट घाइते भएका छन् । उनीहरुलाई ५ जनाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:०४ बजे
















