गृहपृष्ठ वर्तमान सरकार विदेशीको कठपुतली : महर
वर्तमान सरकार विदेशीको कठपुतली : महर
नेविसघंका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले वर्तमान सरकार विदेशीको कठपुतली भएको आरोप लगाएका छन् । नेपाल स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशन उद्घाटन कार्यक्रममा नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन सरकार असफल भएको आरोप लगाएका हुन् ।
कांग्रेसले सर्वदलीय संवाद गरी जनता जगाउनुपर्ने समय आएको उनको भनाइ छ । लिपुलेक त्रिदेशीय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोर बाटोबाट सम्झौता गरेको विषयमा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा उच्चारण गर्न नसक्नुले सरकार विदेशीको कठपुतली बनेको प्रस्ट भएको उनको आरोप छ ।
नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा कायम गरे मात्रै उक्त विषय जनताको पँहुचमा आउने बताए । वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर विद्यार्थीबाट थप रकम असुलिएको उनले आरोप लगाए ।
प्रकाशित समय १६:२३ बजे
















