गृहपृष्ठ संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार विजयी

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार विजयी

संखुवासभा मकालु गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन् । पोख्रेल ८०२ मतान्तरले विजयी भएका हुन् ।

उनले ३ हजार १८ मत प्राप्त प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिमन पराजुलीले २२ सय १६ मत प्राप्त गरेका थिए । ९ हजार १ मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार ७ सय ७१ मत खसेको थियो । १ सय २५ मत बदर भएको थियो ।

त्यसैगरि संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले तीन सय ३२ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र संयुक्तका मानबहादुर विश्वकर्मा (हलो)ले २७, राष्ट्रिय जनमुक्ति पार्टीका रमेश राईले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघनाथ राई (गाई) ले २७ र संघीय लोकतान्त्रिक मञ्चका कविता राई (दाप सहितको खुकुरी)ले १३ मत प्राप्त गरेका छन् ।

यसअघि नेकपा एमालेका खड्ग कटुवाल अध्यक्षमा निर्वाचित भएका थिए । कटुवालको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु