गृहपृष्ठ गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा नेविसंघकाे प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा नेविसंघकाे प्रदर्शन
बाँकेको कोहलपुरमा भएको घटनाको विरोधमा काठमाडौंमा नेविसंघले प्रदर्शन गरेको छ ।
आइतबार कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । प्रहरीले दमन गरेको भन्दै नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् ।
नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा नेविसंघका नेताहरुले विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।
प्रकाशित समय १०:२८ बजे

















