गृहपृष्ठ सागमा आज नवौं दिन कुन कुन खेल कहाँ हुँदै छन् ?

सागमा आज नवौं दिन कुन कुन खेल कहाँ हुँदै छन् ?

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नवौं दिन आज १३ खेल हुने भएका छन् ।

काठमाडौंमा पुरुष क्रिकेटको फाइनल तथा पोखरामा महिला फुटबलको फाइनलसहित नवौं दिन १३ खेलमा प्रतिस्पर्धा हुन लागेको आयोजनकले जनाएको छ ।

काठमाडौंमा अरु खेलमध्ये बास्केटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस हुन लागेको हो । पोखरामा महिला फुटबलको फाइनलसहित आर्चरी हुनेछ ।

पोखरामा फुटबल, आर्चरी हुने छन् । पोखरामा चलिरहेको आर्चरीमा आज ४ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदै छ । आज एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै काठमाडौंमा हुने खेल क्रिकेटमा पुरुषको स्वर्ण पदकका लागि आज टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश खेल्दैछन् । त्यस्तै बास्केटबल
कभर्डहलमा चलिरहेको बास्केटबल अन्तर्गत आज महिला तथा पुरुष दुबैतर्फ सेमिफाइनल खेल हुँदै छन् ।

कबड्डी सशस्त्र प्रहरी बलको कभर्डहल हलचोकमा चलिरहेको कबड्डीमा आज महिला र पुरुष दुबैतर्फ फाइनल खेल हुँदैछ । महिलामा नेपाल र भारतबीच खेल १ बजे हुनेछ । त्यस्तै बक्सिङमा आज ८ स्पर्धाको फाइनल हुँदै छ । जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

स्क्वास, टेनिस, जुडो, फेन्सिङ, पौडी, सुटिङलगायतका खेलहरु विभिन्न ठाउँमा हुने भएका छन् ।
सुटिङ अन्तर्गत आज एक स्वर्णका प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु