गृहपृष्ठ स्थायी समितिमा सीमा विवादबारे पनि छलफल हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ
स्थायी समितिमा सीमा विवादबारे पनि छलफल हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक करिब एक वर्षपछि आइतबार बस्दै छ । स्थायी समिति बैठक तीन-तीन महिनामा बस्नुपर्ने नेकपाकाे पार्टी विधानमा उल्लेख छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै सम्पन्न पार्टीको सचिवालय बैठकले स्थायी कमिटीका लागि पाँच एजेण्डा तय गरेको छ । स्थायी कमिटी बैठकमा नेपाल-भारतबीच विद्यमान सीमा विवाद पनि समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार सीमा समस्या समाधानका लागि बैठकले निर्णयमार्फत् सरकारलाई दिशानिर्देश गर्नेछ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठकलगायत विषय पनि एजेन्डामा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा बस्नेछ ।
प्रकाशित समय १३:५४ बजे
















