गृहपृष्ठ नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत
नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत
g]skfsf cWoIf …k|r08Ú nufot bf];|f] k""0f{ a}7s
sf7df8f}Fsf] /fli6«o;ef u[xdf a'waf/b]lv ;'? ePsf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] s]G›Lo ;ldltsf] bf];|f] k""0f{ a}7sdf pkl:yt k|wfgdGqL s]kL zdf{ cf]nL, g]skfsf cWoIf k''iksdn bfxfn …k|r08Ú nufot g]tfx? . t:jL/ M k|bLk/fh jGt÷/f;;
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ सुरु भएको छ ।
पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन दिन थालिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
यही माघ १५ गतेदेखि शुरु भएको सो बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ सुरु भएको हो । बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा जारी छ ।
बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ । बैठकले समसामयिक प्रस्ताव पनि पारित गर्नेछ । (रासस)
प्रकाशित समय १५:४४ बजे
















