गृहपृष्ठ ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ’ (विज्ञप्तिसहित)

‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ’ (विज्ञप्तिसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रन सक्नुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै उनले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ, हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं– नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’

पूर्वराजाले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागिमात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।

प्रकाशित समय ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु