गृहपृष्ठ बाँस्कोटालाई राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव
बाँस्कोटालाई राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ले गोकुल बाँस्कोटाको राजीनामा माग्न सुझाव दिएका छन् । अडियोका कारण पार्टीमाथि नै नकारात्मक धक्का लाग्ने भएपछि हतासमा भेट गरेका दुई अध्यक्षबीच सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्ने विषयमा छलफल भएको हो । सेक्युरिटी प्रेस स्थापना प्रकरणमा ७० करोड कमिसन मागेको अडियो बाहिरिएसँगै अहिले पार्टीसँगै सञ्चारमन्त्रीको तीव्र आलोचना भइरहेको छ ।
छलफलका क्रममा प्रचण्डले अरु केही नसोची राजीनामा माग्न प्रधानमन्त्रीलाई सुझाएको बालुवाटार स्रोतले जनाएको छ । ‘छलफललगत्तै प्रधानमन्त्रीले बाँस्कोटालाई फोन गरी सिधै बालुवाटार बोलाउनुभएको छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले जे भन्नुहुन्छ, मन्त्री बाँस्कोटाले मान्नुहुन्छ ।’ प्रचण्ड अहिले बालुवाटारबाट बाहिरिइसकेका छन् ।
प्रकाशित समय १३:१४ बजे

















