गृहपृष्ठ सञ्चारमन्त्री बाँस्काेटाको ७० करोड कमिसन प्रकरणमा कसले के भने ?

सञ्चारमन्त्री बाँस्काेटाको ७० करोड कमिसन प्रकरणमा कसले के भने ?

gokul baskota फाइल तस्बिर ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेकोे अडियो सार्वजनिक भएपछि चौतर्फी रुपमा विरोध भएको छ ।

सरकारले भ्रष्टाचार नगर्ने र गरेको पनि नसने भनिएको बेलामा सरकारकै मन्त्रीबाट करोडौंको डिल गरेपछि सरकारलाई आफ्ना बोलेका कुराहरु निल्नु न ओकल्नु भएको छ । यो बीचमा धेरैले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

यसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले टिप्पणी गर्दै भनेका छन्, ‘अरूको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने की प्रधानमन्त्री ज्यू । यही हो, ‘भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ’ भनेको ?’

त्यस्तै पूर्वउपप्रधानमन्त्री कमल थापाले पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु, यस व्यक्तिलाई तत्काल हटाउनुहोस् र आवश्यक छानविन गर्नुहोस् ।’

त्यस्तै वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले लेखेका छन्, ‘आरोप सञ्चारमन्त्री गोकुल बास्कोटालाई लागेको आरोप भएता पनि, नैतिक कठघरामा प्रधानमन्त्री ओलीजी पर्नु भएको छ । दोष प्रमाणित होलारनहोला त्यो आफ्नै ठाउँमा छ तर गणतन्त्र नेपालको प्रधानमन्त्री पदको गरिमा रक्षाका लागि पनि, गोकुलजीले हाल पदबाट राजिनामा गर्दा उपयुक्त हुन्छ ।’

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यू ! इन्तु, परन्तु, किन्तुको अर्थ छैन । न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् ।’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले भनेकी छन्, ‘७० करोड घुस माग्ने सञ्चारमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ । सत्य तथ्य छानबिन गर्नुपर्छ ।’

 

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु