गृहपृष्ठ नेपाली कांग्रेसद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

नेपाली कांग्रेसद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्षको अवसरका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति होस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यति बेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको छ । २०७६ सालको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति संक्रमित र एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको यो दुःखदायी घटना विश्वले व्यहोर्नु पर्‍यो । कोरोनाका कारण विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजिटिभ देखिएको घटना हाम्रो सामु विद्यमान छ ।’

नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसंभव सघाइरहेको छ । युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएको छ तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएको विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित समय ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु