गृहपृष्ठ विद्यार्थीले देखाइदिए स्मार्ट सिटीकाे नमूना
विद्यार्थीले देखाइदिए स्मार्ट सिटीकाे नमूना
धरान-गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन् ।
निवार्चित जनप्रतिनिधिहरु स्मार्ट सिटिको भेउ नपाएपनि उनीहरुले भनेजस्तै व्यवस्थित शहरकोरुपमा धरान कस्तो हुनुपर्छ भनेर धरान ८, तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुले नमुना (मोडल) बनाएका छन् । यसलाई उनीहरुले ‘इम्प्रुप सिटि धरान’ अर्थात् सुधारिएको व्यवस्थित शहरको नाम दिएका छन् ।
निवार्चित जनप्रतिनिधिहरु स्मार्ट सिटिको भेउ नपाएपनि उनीहरुले भनेजस्तै व्यवस्थित शहरकोरुपमा धरान कस्तो हुनुपर्छ भनेर धरान ८, तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुले नमुना (मोडल) बनाएका छन् । यसलाई उनीहरुले ‘इम्प्रुप सिटि धरान’ अर्थात् सुधारिएको व्यवस्थित शहरको नाम दिएका छन् ।
यो मोडल सिभिल इञ्जिनियरिङ दोस्रो, तेस्रो र कम्प्युटर इञ्जिनियरीङ दोस्रो बर्षका ५ जना विद्यार्थीहरु मिलेर तयार गरेका हुन् । यस्तै, सिभिल इञ्जिनियरीङकै दोस्रो बर्षका ६ जना विद्यार्थीहरुले बढ्दो सहरीकरण, जनसंख्या र सवारी चापलाई मध्यनजर गर्दै इटहरीको मुख्य चौबाटो चोकमा फ्लाईओभर ब्रिज मोडल बनाएका छन् । उनीहरुले यो दुवै मोडललाई तीन दिनसम्म क्याम्पसको खेल मैदानमा आयोजित प्रदेशस्तरीय इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पोमा प्रर्दशनीमा राखेका थिए ।
एक्स्पो अवलोकनकर्ताहरुले विकासका यी दुवै मोडललाई अत्यधिक चासोका साथ हेरेका थिए । तर, सरोकारवाला सरकारी निकाय, उपमहानगरपालिका र जनप्रतिनिधिहरु भने विकासको यो मोडल हेर्न एक्स्पोस्थल पुगेनन् । देशमा कसरी औद्योगिक विकास गर्न सकिन्छ भन्ने देखाउन विद्यार्थीहरुको अवधारणा हेर्न विकासको योजनाकार मानिएका सरकारी कार्यालयका इञ्जिनियरहरु पनि सायदै पुगे ।
‘म त विद्यार्थीहरु लिएर आएको थिए, धेरै प्रभावित भए । दीर्घकालीनरुपमा व्यवस्थित धरान कसरी बनाउन सकिन्छ भनेर हेर्न पाए । धरानको भविष्यको लागि यो मोडल मार्गदर्शक हुनसक्छ,’धरान १५ स्थित चिल्ड्रेन्स एकेडेमीका शिक्षक महेन्द्र तामाङले भने ।
प्रकाशित समय ०७:०४ बजे