गृहपृष्ठ नेकपा सचिवालय बैठकमा दुई मन्त्रीसहित भीम रावल पनि सहभागी

नेकपा सचिवालय बैठकमा दुई मन्त्रीसहित भीम रावल पनि सहभागी

एमसीसी प्रतिवदेनबारे छलफल हुँदै

फाइल तस्बिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले चलिरहेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावललाई  पनि सहभागी  गराइएको छ ।

एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल जारी थप निर्णय गर्न बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पार्टीका दुवै अध्यक्ष र सबै सदस्यहरूको उपस्थितिमा छलफल भइरहेको उनले उल्लेख गरेका छन् । नेकपामा यथास्थितिमा एमसीसी पारित गर्न नहुने आवाज उठिरहेका बेला त्यसबारे निर्णय लिन पार्टीले बैठक डाकेको हो ।

प्रकाशित समय १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु